शेयर बजारमा १४ अर्ब २५ करोडको कारोबार हुदाँ यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ फागुन १८ आइतवार १५:४०
2.74K
shares
shares

काठमाडौं, १८ फागुन । शेयर बजारमा आइतवार १४ अर्ब २५ करोडको कारोबार हुदाँ नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ९७ करोड ५३ लाख कारोबार भएको हो ।
यसदिन हिमालयन रिइन्स्योरेन्सको ८५ करोड ९३ लाख कारोबार भएको छ भने सिन्धु विकास बैंकको ४० करोड ४ लाख कारोबार भएको छ ।
त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको ३३ करोड ३५ लाख कारोबार भएको छ भने साहस ऊर्जाको २६ करोड ८५ लाख कारोबार भएको छ ।


















