Dhulikhel Eco Banner new

ङादी ग्रुप पावरको शेयर खरिद आवेदन खुल्यो

3.06K
shares

काठमाडौं, २० फागुन । ङादी ग्रुप पावरले मंगलवारदेखि आफ्नो ८ लाख ७३ हजार ६१ दशमलव २५५ कित्ता शेयरको खरिदका लागि आवेदन खुला गरेको छ। यो शेयर खरिदका लागि सबै इच्छुक लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ, र आवेदन दिने प्रक्रिया अनुसार, कम्तीमा १०० कित्ता र अधिकतम १० ले निःशेष भाग जाने वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।कम्पनीको बिक्री प्रबन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटलले पाएको छ।

इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत तोकेर गोप्य शिलबन्दी बोलपत्र प्रस्तुत गर्नु पर्नेछ। यो बोलपत्र नक्सालस्थित सिद्धार्थ क्यापिटल तथा सिद्धार्थ बैंकका विभिन्न शाखा कार्यालयहरूमा प्राप्त गर्न सकिनेछ भने फागुन २८ गतेभित्र आवेदन दिन सक्नेछन् ।