सांग्रिला विकास बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८१ फागुन २० मंगलवार १०:५३
shares

काठमाडौं, २० फागुन । सांग्रिला विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ४३ हजार १२६ कित्ता संस्थापक शेयर बिक्रीमा रााखेको हो ।
यी शेयर सर्वसाधारणले खरिद गर्न पाउनेछन् । इच्छुक व्यक्तिहरूले सांग्रिलाको शेयर खरिद गर्नका लागि १५ दिनको समय सीमा तोकिएको छ।
सांग्रिला विकास बैंकका संस्थापक शेयर खरिद गर्नका लागि इच्छुक नागरिकहरूले बालुवाटारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफ्नो आवेदन दिनुपर्नेछ।

















