Dhulikhel Eco Banner new

शेयर बजारमा १० अर्ब ९७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.48K
shares

काठमाडौं, २१ फागुन । शेयर बजारमा बुधवार १० अर्ब ९७ करोडको कारोबार हुदाँ हिमालयन रिइन्स्योरेन्स सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ९६ करोड ७० लाख कारोबार भएको हो ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको ९० करोड ३१ लाख कारोबार भएको छ भने सगरमाथा जलविद्युत कम्पनीकोको ३० करोड ७९ लाख कारोबार भएको छ ।

त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको २९ करोड ७६ लाख कारोबार भएको छ भने घलेम्दी हाइड्रोपावरको २७ करोड ४३ लाख कारोबार भएको छ ।