स्वावलम्बन लघुवित्तमा रोजगारीको अवसर
वि.सं.२०८१ फागुन २५ आइतवार ११:०७
shares

काठमाडौं, २५ फागुन । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। लघुवित्तले विभिन्न पदमा कर्मचारी माग गरेको हो।
कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) “तह ४ख” र सहायक प्रबन्धक प्रशिक्षार्थी (तालिमे) “तह ६” पदमा आवेदन खुलाएको हो।
कनिष्ठका लागि कम्तीमा एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले र सहायकका लागि स्नातक सरहको परीक्षा उत्तीर्ण र आधारभूत कम्प्यूटर तालिम लिएको हुनु पर्नेछ संस्थाले जनाएको छ।
साथै सवारी चालक अनुमति पत्र भएका र कम्पनीको कार्यक्षेत्रका बासिन्दाले प्राथमिकता पाउनेछन्।
तोकिएको अन्य योग्यता भएको इच्छुक व्यक्तिले चैत १० गतेभित्र दरखास्त आवेदन पेश गरिसक्नु पर्नेछ।


















