Dhulikhel Eco Banner new

प्रतिकित्ता ५ सयमै जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

3.07K
shares

काठमाडौं, २६ फागुन । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। लघुवित्तले १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

कम्पनीले सबैले किन्न पाउने गरी यी शेयर बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको छ।

खरिदकर्ताले आफूले किन्न चाहेको शेयर र सोको मूल्य समेत तोकेर ७ दिन भित्र निवेदन दिनु पर्नेछ।निवेदन मोरङ्ग, कटहरी–२ स्थित कम्पनीको कार्यालय वा काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) मा पेश गर्नु पर्नेछ।

शेयर बिक्रेता र खरिदकर्ताको आपसी सहमतिमा बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।