Dhulikhel Eco Banner new

महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा

3.71K
shares

काठमाडौं, २६ फागुन । महुली लघुवित्तले १० हजार १ सय कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले ८ हजार कित्ता शेयर सर्वसाधारणले र २ हजार १०० कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।

शेयर खरिदका लागि सर्वसाधारणले सोमवारदेखि ७ दिन भित्र र संस्थापक शेयरधनीहरूले ३५ दिन भित्र निवेदन दिइसक्नु पर्नेछ। उक्त शेयर खरिद गर्न इच्छुकले तोकिएको समयभित्र कृष्णासवरण–६ महुली, सप्तरीस्थित कम्पनीको कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।