Dhulikhel Eco Banner new

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

3.51K
shares

काठमाडौं, २६ फागुन । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले १ हजार ११० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

बैंकले यी शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११६ रुपैयाँ तोकिएको छ। शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिन भित्र काठमाडौंको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

तोकिएको अवधि भित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री खुला गरिने बैंकले जनाएको छ।