टिभी हाउस एलजी शोरूमको वार्षिक उत्सव सम्पन्न
वि.सं.२०८१ फागुन २७ मंगलवार १४:२१
shares

काठमाडौं, २७ फागुन । टिभी हाउस एलजी शोरूमले आफ्नो वार्षिक उत्सव सम्पन्न गरेको छ ।नेपालगन्जको न्यूरोडमा अवस्थित टिभी हाउस एलजी शोरूमले सोमवार एक कार्यक्रमका साथ २६औं वार्षिक उत्सव मनाएको हो ।
यस पसलले वार्षिक उत्सवको अवसरमा एलजी ब्राण्डका सामानहरूको खरिदमा छुटको व्यवस्था गरिएको छ । साथै ईएमआई (किस्ताबन्दी) र एक्चचेन्ज अफरको पनि व्यवस्था गरिएको एलजी शोरूमका संचालक जहाँगिर सैयदले जानकारी गराए ।


















