Dhulikhel Eco Banner new

सिद्धार्थ बैंकद्वारा “टपअप फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ ” अभियान सुरू

2.81K
shares

काठमाडौं, ४ चैत । सिद्धार्थ बैंकले एफ १ सफ्ट र फोनपे सँगको सहकार्यमा “टपअप फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ” नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् जसमा बम्पर उपहार आइफोन १६ रहेको हो ।

बैंकका अनुसार यस अभियानले ग्राहकहरूलाई सिद्धार्थ बैंक स्मार्ट एक्स पि मोबाइल बैंकिङ एप मार्फत डिजिटल कारोबार गर्न प्रोत्साहित गर्नेछ । मोबाइल टपअप र फोनपे डाइरेक्ट कारोबारलाई प्रवद्र्धन गर्दै, बैंकले डिजिटल बैंकिङ सेवालाई अझ सहज, सुरक्षित र पहुँचयुक्त बनाउने लक्ष्य राखेको छ ।

अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा १०० को मोबाइल टपअप र रु ५०० को फोनपे डाइरेक्ट कारोबार अभियान अवधिभित्र पूरा गर्नुपर्नेछ । यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि स्वतः योग्य हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस अभियान अन्तर्गत, प्रत्येक हप्ता १ सय जना भाग्यशाली विजेताहरूले १ सयको मोबाइल टपअप जित्न सक्नेछन् । साथै, अभियान समाप्त भएपछि एक जना भाग्यशाली विजेताले नयाँ आइफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन् । यो अभियान २०८१ चैत १ देखि चैत ३१ सम्म सञ्चालन हुनेछ । सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा सहभागी भई यो सुनौलो अवसरको फाइदा लिन आग्रह गर्दछ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।