महालक्ष्मी विकास बैंकको “महालक्ष्मी क्यालेन्डर २०८२” सार्वजनिक
वि.सं.२०८१ चैत ४ सोमवार १२:१२
shares

काठमाडौं, ४ चैत । महालक्ष्मी विकास बैंकले “महालक्ष्मी क्यालेन्डर २०८२” को डिजिटल संस्करण सार्वजनिक गरेको छ । बैंककोे केन्द्रीय कार्यालय, दरबारमार्गमा आईतवार आयोजित कार्यक्रमका बीच सार्वजनिक गरेको हो ।
बैंकले परम्परागत रुपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्देश्य अनुरुप डिजिटल संस्करण सार्वजनिक गरेको हो । महत्वपुर्ण चाडपर्वहरु, तिथि, विदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंगे्रजी संवतको मितिहरु लगायतका सम्पूर्ण विषयवस्तुहरु डिजिटल क्यालेन्डरमा समावेश गरिएको बैंकले जनाएको छ । नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरुको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरुको संस्कृतीलाई सम्र्बद्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिने जनाएको छ ।
बैंकका अनुसार बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।
















