यस्तो छ शनिवारका लागि विदेशी मुद्राको विनिमयदर
वि.सं.२०८१ चैत ९ शनिवार ११:१५
shares

काठमाडौं, ९ चैत । नेपाल राष्ट्र बैंकले शनिवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम भएको हो ।
युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ ८० पैसा र बिक्रीदर १४९ रूपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ ६७ पैसा र बिक्रीदर १७८ रूपैयाँ ४५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रूपैयाँ ७८ पैसा र बिक्रीदर १५६ रूपैयाँ ४६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७३, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ७३ पैसा र बिक्रीदर ९६ रूपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १०३ रूपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।
त्यसैगरी जापानी येन १० को खरिददर नौ रूपैयाँ २१ पैसा र बिक्रीदर नौ रूपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।


















