Dhulikhel Eco Banner new

फरार दुर्गा प्रसाईंको खोजी तीव्र

3.35K
shares

काठमाडौ, १६ चैत । शुक्रबार काठमाडौंमा तीनकुनेमा भएका हिंसात्मक प्रदर्शनका कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिबेला फरार छन् । प्रहरीले उनको खोजी तीव्र पारेको छ ।

शुक्रबार ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेसँगै उनी कार्यक्रम स्थलबाट भागेका थिए ।

राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ, तर प्रसाईं भने फरार छन्। उनको खोजीमा प्रहरीका ३ युनिट खटिएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला पहरी परिसर काठमाडौं र प्रहरी प्रधान कार्यालयको टोलीले उनको खोजी तीव्र बनाएका छन् ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार प्रसाईं चक्रपथ हुँदै ललितपुर तर्फ लागेको थाहा भएको छ । ‘ललितपुरमा लुकेको आशंका छ, हामी खोजिरहेका छौँ ।’

उनका मोबाइल फोन अफ गरेर भागेको जानकारी प्राप्त भएको छ। उनको अन्तिम लोकेशन गैरीगाउँ देखिएको थियो। उनीमाथि ज्यान मार्ने उद्योग, हिंसात्मक गतिविधि, आगजनी र सार्वजनिक सम्पत्ति तोडफोडका आरोप लगाइएको छ।

प्रसाईंलाई नियन्त्रणमा लिएर फौजदारी मुद्दामा कारबाही गर्ने सरकारको तयारी छ ।