Dhulikhel Eco Banner new

ग्लोबल आइएमई बैंकको संस्थापक शेयर बिक्रीमा

2.17K
shares

काठमाडौ, १७ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

बैंकले बिक्रीमा राखिएको शेयर संख्या र सोको मूल्यबारे जानकारी खुलाएको छैन। तोकिएको म्याद भित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने जानकारी दिएको छ।

साथै, शेयर खरीद गर्न इच्छुकले आगामी ३५ दिन भित्र काठमाडौंको कमलादीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पर्क गरी निवेदन दिन सक्नेछन्।