Dhulikhel Eco Banner new

हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.03K
shares

काठमाडौं, २० चैत । स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

मंगलवार तोलामा १ लाख ७९ हजार ७ सयमा कारोबार भएको सुनको मूल्य बुधवार ६ सयले घटेर प्रतितोला १ लाख ७९ हजार १ सयमा कायम भएको हो ।

त्यस्तै, बुधवार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । मंगलवार तोलामा २ हजार ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार घटेर तोलामा २ हजार २० रुपैयाँमा कायम भएको छ ।