Dhulikhel Eco Banner new

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, शेयरधनीले मात्र खरीद गर्न पाउने

2.26K
shares

काठमाडौं, २१ चैत । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले दुई जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ९४ हजार ७९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरूबाट सो शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा सर्वसाधारणमा शेयर बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।