कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले मात्र खरीद गर्न पाउने
वि.सं.२०८१ चैत २१ बिहीवार १०:३८
2.22K
shares
shares

काठमाडौं, २१ चैत । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले १ हजार ४३७ कित्ता संस्थापक शेयर सर्वसाधारणहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो।
बैंकका अनुसार सो शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ। साथै संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै शेयर बिक्रीमा राखिसकिएको बैंकले जनाएको छ।
उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले आगामी ३५ दिन भित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।















