Dhulikhel Eco Banner new

नेपाल पुनर्बीमाले बल्ल सार्वजनिक गर्यो चौथो त्रैमासको रिपोर्ट, कस्तो छ वित्तीय अवस्था ?

2.55K
shares

काठमाडौं, २१ चैत । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। अरु कम्पनीले चालु वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको दुई महिना पूरा भइसक्दा यो कम्पनीले भने बल्ल गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरणअनुसार गत आर्थिक वर्ष कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्ष (२०७९/८०)को तुलनामा करिब २७ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा १ अर्ब ५५ करोड थियो ।

नाफा घट्दा वार्षिक प्रतिशेयर आम्दानीमा असर परेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४३ पैसा छ । यस्तो आम्दानी पहिले १२ रुपैयाँ १७ पैसा थियो ।

कम्पनीको खुद प्रिमियम आम्दानी घटेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ९ अर्ब ८८ करोड रहेकोमा गत आर्थिक वर्ष ९ अर्ब ४९ करोडमा खुम्चियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ छ ।