झिनो अंकले बढ्यो शेयर बजार, १५१ कम्पनीको शेयर मूल्य घट्यो
वि.सं.२०८१ चैत २१ बिहीवार १५:०७
3.08K
shares
shares

काठमाडौं, २१ चैत । बिहीवार शेयर बजारमा झिनो अंकले बढेको छ । शेयर बजार २.८१ अंकले बढेर २,७०२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ८४ करोडको कारोबार भएको हो ।
झिनो अंकले बढेको शेयर बजारमा ग्रिन भेन्चरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।
शेयर बजारमा उपकार लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयर मुल्य ७.८५ प्रतिशतका दरले गुमाएका छन् ।



















