Dhulikhel Eco Banner new

झिनो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

4.36K
shares

काठमाडौं, २१ चैत । बिहीवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार २.८१ अंकले बढेर २,७०२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ८४ करोडको कारोबार भएको हो ।

झिनो अंकले बढेको शेयर बजारमा ग्रिन भेन्चरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

यसदिन सुपर मादी जलविद्युतका लगानीकर्ताले ६.०९ प्रतिशतका दरले कमाएका छन् भने राधी जलविद्युतका लगानीकर्ताले ५.२१ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले ४.२८ प्रतिशतका दरले कमाएका छन् भने युनिर्भसल पावर कम्पनीका लगानीकर्ताले ३.०४ प्रतिशतका दरले कमाएका छन् ।