प्याब्सनले माधवकुमार नेपालसँग शिक्षा विधेयकमा सुधारको माग
वि.सं.२०८१ चैत २४ आइतवार १७:३९
shares

काठमाडौं, २४ चैत । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) केन्द्रीय समितिले नेकपा समाजवादीका एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटघाट गरेका छन्।
केन्द्रीय अध्यक्ष कृष्ण अधिकारी, सह अध्यक्ष गोपाल आचार्य र महासचिव आरबी कटवालको नेतृत्वमा प्याब्सनका प्रतिनिधिहरूले नेकपा समाजवादीका अध्यक्ष र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटघाट गरेका हुन्।
भेटघाटको क्रममा शिक्षा विधेयक २०८० का सन्दर्भमा निजी विद्यालय क्षेत्रका समस्याहरूलाई उठाएका थिए । प्याब्सनका पदाधिकारीहरूले निजी विद्यालयहरूको समग्र अवस्थाबारे पूर्व प्रधानमन्त्री नेपाललाई जानकारी गराउँदै, विधेयकमा यथासम्भव सुधार र नयाँ प्रावधान थप्नुपर्ने कुरा उठाएका थिए।
कृष्ण अधिकारीले उक्त भेटघाटमा हामीले मुलुकभरका निजी विद्यालयहरूको आवाजलाई विधेयक निर्माण प्रक्रियामा समावेश गराउन निरन्तर पहल गरिरहेको बताए ।
यस भेटघाटको दौरान, प्याब्सनका पदाधिकारीहरूले विधेयकमा निजी विद्यालयहरूका लागि विशेष ध्यान दिनुपर्ने विषयहरूमा छलफल गरे।
प्याब्सनका पदाधिकारीहरूले निजी विद्यालयहरूको विकास र सुधारका लागि राज्यसँग सहकार्यको आवश्यकता रहेको बताएका छन्। यो भेटवार्ता सकारात्मक र फलदायी रहेको प्याब्सनका प्रतिनिधिहरूले बताएका छन्।

















