Dhulikhel Eco Banner new

यस्तो छ सोमवारका लागि विदेशी मुद्राको विनिमयदर

2.98K
shares

काठमाडौं, २५ । नेपाल राष्ट्र बैंकले सोमवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको हो ।

युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७६ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपैयाँ १३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ २५ पैसा र बिक्रीदर ८२ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ १० पैसा र बिक्रीदर १०१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।