सुनको मूल्यमा सामान्य गिरावट, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ चैत २५ सोमवार १०:४८
2.91K
shares
shares

काठमाडौं, २५ चैत । स्थानीय बजारमा सोमवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
शुक्रवार तोलामा १ लाख ७६ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य सोमवार ७ सयले घटेर प्रतितोला १ लाख ७३ हजार ८ सयमा कायम भएको हो ।
त्यस्तै, सोमवार चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ। शुक्रवार तोलामा १ हजार ८ सयमा कारोबार भएको चाँदीको मूल्य सोमवार बढेर तोलामा १ हजार ८३० रुपैयाँमा कायम भएको छ ।

















