Dhulikhel Eco Banner new

सामान्य अंकले घट्यो शेयर बजार, बढ्यो कारोबार रकम

4.06K
shares

काठमाडौं, २८ चैत । बिहीवार शेयर बजारमा सामान्य अंकले घटेको छ । शेयर बजार ८.६० अंकले घटेर २,६६७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३१ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ६३ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा बोर्टलस बालाजुका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयर मुल्य ५.०७ प्रतिशतका दरले गुमाएका छन् ।