Dhulikhel Eco Banner new

शेयर बजारमा १३१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.43K
shares

काठमाडौं, २८ चैत । बिहीवार शेयर बजारमा सामान्य अंकले घटेको छ । शेयर बजार ८.६० अंकले घटेर २,६६७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३१ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ६३ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा बोर्टलस बालाजुका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयर मुल्य ५.०७ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन हिमालयन पावर पार्टनसका लगानीकर्ताले ३.०१ प्रतिशतका दरले गुमाएका छन् भने सयपत्री जलविद्युतका लगानीकर्ताले २.८९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी नेपाल रिपब्लीक मिडियाको लगानीकर्ताले २.७६ प्रतिशतका दरले गुमाएका छन् भने न्यादी जलविद्युतका लगानीकर्ताले २.७५ प्रतिशतका दरले गुमाएका छन् ।