Dhulikhel Eco Banner new

सानिमा रिलायन्स लाइफको संस्थापक शेयर बिक्रीमा

2.72K
shares

काठमाडौं, २९ चैत । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। इन्स्योरेन्सले १५ लाख ७४ हजार २५१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

कम्पनीले यी शेयर सर्वसाधारण, संघसंस्था लगायत संस्थापक शेयरधनी समेत सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी वैशाख १३ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ।

साथै कम्पनीले उक्त शेयरहरू कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिएर ३५ दिन बिक्रीमा राखिएसकिएको जानकारी समेत दिएको छ।