Dhulikhel Eco Banner new

सांसद एकनाथ ढकाल अन्तर-संसदीय सभामुख सम्मेलनको महासचिवमा नियुक्त

3.6K
shares

काठमाडौं, ३१ चैत । पूर्व मन्त्री तथा संघिय संसद सदस्य एकनाथ ढकाललाई संसदीय कूटनीति र अन्तर्राष्ट्रिय सहयोगको लागि विश्वव्यापी मञ्च अन्तर-संसदीय सभामुख सम्मेलनको महासचिवमा नियुक्त गरिएको । संसद ढकालको मनोनोयन नेपालको लागि एक महत्वपुर्ण कूटनीतिक कोशेढुङ्गा हुन सक्नेछ।

आइएससिले अप्रिल ११, २०२५ मा दक्षिण कोरियाको सियोलमा आफ्नो उद्घाटन सभा आयोजना गर्‍यो, जसमा विश्वभरका लगभग ४० राष्ट्रका सभामुख तथा सांसदहरु सहित १५० प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

उक्त सम्मेलनले पाकिस्तानका सिनेटका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सैयद युसुफ रजा गिलानीलाई आइएससिको संस्थापक अध्यक्षमा निर्वाचित गरिएको थियो।

सांसद ढकालको यस उच्च स्तरिय नियुक्तिले नेपाललाई संसदीय कूटनीति मार्फत जलवायु परिवर्तन, शान्ति र दिगो विकास जस्ता प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्ने महत्वपुर्ण विश्वव्यापी आन्दोलनको केन्द्रमा राखेको छ।

सांसद सुनिता बरालले सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दैआफ्नो मन्तब्य पनि दिए।

उद्घाटन सभामा संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान की मुन, दक्षिण कोरियाका उप-सभामुख ली ह्याकयोङ र बुसान महानगरपालिकाका मेयर हेओङ-जुनलगायतको उपस्थिति थियो। यसका साथै, संयुक्त राष्ट्र संघको महासभाका अध्यक्ष महामहिम फिलेमोन याङ र अन्तर-संसदीय संघका महासचिव महामहिम मार्टिन चुङगोङले सभालाई भर्चुअल रूपमा सम्बोधन गरे।

आइएससि ले अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिने लक्ष्य राखेको छ र अन्तर-सरकारी र अन्तर-संसदीय तथा वित्तीय संस्थाहरूसँग काम गर्ने योजना बनाएको छ। सियोल सम्मेलनले एउटा नयाँ प्लेटफर्मको सुरुवात गर्दछ जहाँ नेपालले विश्वव्यापी संवादलाई आकार दिन केन्द्रीय नेतृत्वको भूमिका खेल्नेछ।

अन्तर-संसदीय सभामुख सम्मेलनको अध्यक्ष तथा पाकिस्तानका सिनेटको वर्तमान अध्यक्ष र पूर्व प्रधानमन्त्री समेत रहेका सैयद युसुफ रजा गिलानीले सांसद ढकाल महासचिबम मनोनोयन भएका सभामुखहरुको सम्मेलनको पूर्ण सत्र मा घोषणा गरेका थिए।