Dhulikhel Eco Banner new

गभर्नर सिफारिस समितिको बैठक आज बस्दै

3.39K
shares

काठमाडौं, ७ वैशाख । नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्ति गर्नका लागि सरकारले गठन गरेको सिफारिस समितिको बैठक आज बस्ने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजक रहेको समितिको बैठक आज अपरान्ह सिंहदरबारमा बस्ने भएको हो ।

समिति सदस्यहरुमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्वनाथ पौडेल र नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर विजननाथ भट्टराई सदस्य रहेका छन् । अर्थमन्त्रीको सचिवालयले बैठक बस्ने भन्ने विषयमा जानकारी गराए पनि समय भने खुलाएको छैन ।

आइतबार कायममुकायम गभर्नर निलम ढुंगाना तिम्सिना, पूर्व कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र अन्य एक जनाको नाम थपेर नयाँ गभर्नरका लागि सिफारिस गर्ने समितिको तयारी छ ।