प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
वि.सं.२०८२ वैशाख ९ मंगलवार ०९:४७
shares

काठमाडौं, ९ वैशाख । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ३ लाख ३१ हजार ५७९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
जसमध्ये २ लाख ६२ हजार ८१० कित्ता शेयर सर्वसाधारणले र ६८ हजार ७६९ कित्ता शेयर संस्थापकले खरीद गर्न सक्नेछन्। उक्त शेयर खरीदका लागि आवेदन दिन सर्वसाधारणलाई १५ दिन र संस्थापक शेयरधनीलाई ३५ दिनको समय दिइएको छ।
शेयर किन्न इच्छुक लगानीकर्ताले काठमाडौंको बबरमहलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

















