झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि वृद्धि
वि.सं.२०८२ वैशाख १४ आइतवार १५:०६
shares

काठमाडौं, १४ वैशाख । आइतवार शेयर बजारमा झिनो अंकले बढेको छ । शेयर बजार ५.९८ अंकले बढेर २,६६४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १० अर्ब ८७ करोडको कारोबार भएको हो ।
झिनो अंकले बढेको शेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, विन लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।


















