झिनो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ वैशाख १४ आइतवार १५:१३
shares

काठमाडौं, १४ वैशाख । आइतवार शेयर बजारमा झिनो अंकले बढेको छ । शेयर बजार ५.९८ अंकले बढेर २,६६४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १० अर्ब ८७ करोडको कारोबार भएको हो ।
झिनो अंकले बढेको शेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।
यसदिन न्यादी हाइड्रोपावरकाका लगानीकर्ताले ७.६५ प्रतिशतका दरले कमाएका छन् भने सानिमामाई हाइड्रोपावरका लगानीकर्ताले ७.१३ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले ७.०७ प्रतिशतका दरले कमाएका छन् ।


















