Dhulikhel Eco Banner new

चश्मा लगाइदिएपछि दिन थाल्यो गाईले धेरै दुध

6.53K
shares

काठमाडौं, २ असार । गाईलाई घाँस–पिठो खान दिएपछि धेरै दुध दिने गरेको पाइएको छ । प्रजाति सुधार गरेर पनि गाईको दुध बढाउने प्रयास सबैतिर भइरहेको छ । गाईको दुध वृद्धिका लागि किसानले विभिन्न प्रविधिको प्रयोग गर्ने गरेका छन् ।

तर गाईको दुध बढाउने प्रयासमा एउटा यस्तो अचम्मको तरिका अपनाइएको घटना बाहिर आएको छ । जुन सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर यो साँचो हो, टर्कीका एक किसानले आफ्नो गाईले धेरै दुध देओस् भनेर प्रविधिको सहारा लिएका छन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यामका अनुसार टर्कीको अक्साराय सहरमा बस्ने किसानले आफ्नो गाईलाई भर्चुअल रियालिटी वाला चस्मा लगाइदिएका छन् । यसबाट किसानलाई फाइदा पनि भयो । किनकी यस्तो चस्मा लागाइदिए पछि गाईले सामान्य भन्दा बढी दुध दिन थाल्यो ।

यसो गर्दा गाईले आफूलाई ठूलो घाँसको मैदानमा चरिरहेको महसुस गर्ने गर्छ । तर वास्तवमा किसानले गाईलाई आफ्नै गोठमा बाँधेर राखेको हुन्छ । यस प्रविधिको फाइदा अन्य किसानलाई पनि थाहा हुन थालेको छ ।

यस्तो प्रविधि अन्य किसानले पनि अपनाउन थालेको बताइएको छ । यसबारे एउटा अनुसन्धान पनि भएको छ जसअनुसार गाई–भैँसीलाई हरियो मैदान देखायो भने उसले औसतभन्दा बढी दुध दिन्छ भन्ने तथ्य सार्वजनिक भएको छ ।