सम्पदा लघुवित्तका सिइओ केशव कुमार पौडेलद्वारा राजीनामा
वि.सं.२०८२ वैशाख २३ मंगलवार १०:४३
2.7K
shares
shares

काठमाडौं, २३ वैशाख । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केशव कुमार पौडेलले राजीनामा दिएका छन्। पौडेलले संस्थाको सिइओ पदबाट आफैँले राजीनामा दिएको पुष्टि गरेका हुन्।
पौडेलले आफू बसिरहेको वातावरण अनुकूल नलागेकाले पद त्याग गर्ने निर्णय लिएको बताएका छन्। “यस्तो वातावरणमा बस्न मन लागेन,” उनले संक्षिप्त प्रतिक्रिया दिएका छन्।
उनले केही समयअघि मात्रै सिइओको जिम्मेवारी सम्हालेका थिए। तर आन्तरिक व्यवस्थापन र संस्थाको काम गर्ने शैलीसँग असन्तुष्ट रहेको बुझिएको छ।















