हरियाली छाएको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ वैशाख २४ बुधवार १५:२०
shares

काठमाडौं, २४ वैशाख । बुधवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ६१.६२ अंकले बढेर २,६७२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। यसदिन १० अर्ब ५१ करोडको कारोबार भएको हो ।
हरियाली छाएको शेयर बजारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ४.४३ प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन लक्ष्मी भ्यालु फण्डका लगानीकर्ताले ३.०२ प्रतिशतका दरले गुमाएका छन् भने मनाकामना इन्जिनेरिङ हाइड्रोपावरका लगानीकर्ताले २.५६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, सिनर्जी पावरका लगानीकर्ताले २ प्रतिशतका दरले गुमाएका छन् भने गरिमा डिबेन्चरका लगानीकर्ताले १.९९ प्रतिशतका दरले गुमाएका छन् ।

















