नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा बढ्यो
वि.सं.२०८२ वैशाख २८ आइतवार ०९:५५
2.22K
shares
shares

काठमाडौं, २८ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६५ करोड २३ लाख खुद नाफा गरेको छ।
गत वर्षको यसै अवधिसम्म ६० करोड ३ लाख खुद नाफा गरेको कम्पनीले यस वर्ष ८.६४ प्रतिशत बढि खुद नाफा गरेको हो।
कम्पनीको जीवन बीमा कोष गत वर्ष १ खर्ब ८८ अर्ब रहेकोमा यस वर्ष करीब २० प्रतिशतले बढेर २ खर्ब २५ अर्ब नाघेको छ।
त्यसैगरी गत वर्षको चैत मसान्तसम्म २९ अर्ब १२ करोड खुद ब्याज आम्दानी गरेकोमा यस वर्ष बढेर साढे ३२ अर्ब नाघेको छ।



















