नागरिक लगानी कोषले कमायो ८९ करोड ९० लाख खुद नाफा
वि.सं.२०८२ वैशाख २८ आइतवार १०:०३
shares

काठमाडौं, २८ वैशाख । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ८९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८८ प्रतिशत बढी हो।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। नाफा बढेपनि कम्पनीको ईपीएस भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको ईपीएस ३ रुपैयाँ ६५ पैसा घटेर १८ रुपैयाँ ४९ पैसामा सीमित भएको छ।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०५.१४ गुणा रहेको छ। ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ खर्ब ७२ करोड रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी ३२.०३ प्रतिशत घटेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १५.०६ प्रतिशत बढेको छ। कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ८.२३ प्रतिशत र कुल खर्च ३९.३६ प्रतिशत बढेको छ।



















