नेशनल लाइफ इन्स्योरेन्सको बढ्यो खुद नाफा, हेर्नुस् अन्य सूचक कस्तो ?
वि.सं.२०८२ वैशाख २८ आइतवार १०:१३
shares

काठमाडौं, २८ वैशाख । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ४० करोड ८५ लाख रूपैयाँ खुद नाफा गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ५.१९ प्रतिशतले बढेको हो।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। गत वर्ष कम्पनीको ईपीएस १०.३३ रूपैयाँ रहेकोमा यस वर्ष बढेर १०.४९ रूपैयाँ पुगेको छ।
कम्पनीको खुद ब्याज आम्दानी पनि गत वर्ष १२ अर्ब ६२ करोड रूपैयाँ रहेकोमा यस वर्ष साढे ११ प्रतिशतले बढेर १४ अर्ब ७ करोड रूपैयाँ नाघेको हो।
चुक्ता पूँजी ५ अर्ब २१ करोड रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ६१ करोड रूपैयाँ, जगेडा कोषमा साढे ८५ करोड रूपैयाँ र शेयर प्रिमियम २ करोड ७८ लाख रूपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३६.४७ रूपैयाँ रहेको छ।
कम्पनीको कुल आम्दानी साढे १७ अर्ब रूपैयाँबाट बढेर १९ अर्ब ३७ करोड रूपैयाँ नाघेको छ भने कुल खर्च पनि करीब साढे १६ अर्ब रूपैयाँबाट बढेर १८ अर्ब ३२ करोड रूपैयाँ नाघेको छ।



















