क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको खुद नाफा ६३८ प्रतिशतले उकालो, हेर्नुस् अन्य सूचक कस्तो ?
वि.सं.२०८२ वैशाख २८ आइतवार १०:३२
shares

काठमाडौं, २८ वैशाख । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म १ करोड ५ लाख रूपैयाँ खुद नाफा गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ६३८.६४ प्रतिशत बढी हो।
कम्पनीको कुल आम्दानी १९८.७२ प्रतिशतले वृद्धि हुँदा कुल खर्च पनि १९०.५९ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष कम्पनीको कुल आम्दानी ७ करोड ८६ लाख रूपैयाँ रहेकोमा यस वर्ष करीब साढे २३ करोड रूपैयाँ र कुल खर्च गत वर्ष ७ करोड ७१ लाख रूपैयाँ रहेकोमा यस वर्ष २२ करोड ४२ लाख रूपैयाँ नाघेको छ।
त्यस्तै यस वर्ष कम्पनीको जीवन बीमा कोषको आकार पनि ९२ लाख ४१ हजार रूपैयाँबाट ५२० प्रतिशतले वृद्धि भएर ५ करोड ७३ लाख रूपैयाँ नाघेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ०.३६ रूपैयाँबाट बढेर १.८७ रूपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १०२.८८ रूपैयाँ रहेको छ।
खुद ब्याज आम्दानी पनि गत वर्ष ४ करोड ३४ लाख रूपैयाँ रहेकोमा यस वर्ष ३६४.४२ प्रतिशतले बढेर १९ करोड ४१ लाख रूपैयाँभन्दा माथि पुगेको छ।
चुक्ता पूँजी ७५ करोड रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा साढे २० लाख रूपैयाँ र जगेडा कोषमा १ करोड २२ लाख रूपैयाँ सञ्चिति रहेको छ।
















