Dhulikhel Eco Banner new

सुनको मूल्यमा सामान्य गिरावट, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.89K
shares

काठमाडौं, २८ वैशाख । स्थानीय बजारमा आइतवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ३ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

शुक्रवार तोलामा १ लाख ९० हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आइतवार ३ सयले घटेर तोलामा १ लाख ९० हजार ५ सयमा कायम भएको छ ।

त्यस्तै, आइतवार चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । शुक्रवार तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतवार बढेर १ हजार ९७० रुपौयाँमा कायम भएको छ ।