एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा
वि.सं.२०८२ वैशाख २८ आइतवार ११:०६
2.34K
shares
shares

काठमाडौं, २८ वैशाख । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको २.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.१३१५७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।















