Dhulikhel Eco Banner new

शेयर बजारमा १६४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.81K
shares

काठमाडौं, २८ वैशाख । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ११.५३ अंकले घटेर २,६५० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन १० अर्ब २० करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ७.४५ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन गुहेशोवरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले ५.६६ प्रतिशतका दरले दरले गुमाएका छन् भने सिर्नजी पावर कम्पनीका लगानीकर्ताले ५.०४ प्र्तिशतका दरले गुमाएका छन् ।

त्यसैगरी जलविद्युत लगानी तथा विकास कम्पनीका लगानीकर्ताले ४.९५ प्रतिशतका दरले गुमाएका छन् भने सानिमा मिडल तमोर जलविद्युतका लगानीकर्ताले ४.८२ प्रतिशतका दरले गुमाएका छन् ।