Dhulikhel Eco Banner new

चालु खाता र शोधनान्तरमा बचत कायम, वैदेशिक लगानी र पुँजी प्रवाहमा सुधार

1.47K
shares

काठमाडौं, २८ वैशाख । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१र८२ को समीक्षा अवधिमा नेपालको चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमै रहेको देखिएको छ। चालु खाता २ खर्ब १० अर्ब २२ करोड रुपैयाँको बचतमा रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो १ खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँको बचतमा थियो। अमेरिकी डलरमा हेर्दा चालु खाता १ अर्ब ५५ करोड डलरले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पूँजीगत खातामा पनि सुधार देखिएको छ। खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ, अघिल्लो वर्ष यो ४ अर्ब ७८ करोड रुपैयाँमा सीमित थियो। प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ, अघिल्लो वर्ष सोही अवधिमा यो लगानी ६ अर्ब ४९ करोड रुपैयाँ थियो।

शोधनान्तर स्थिति केही घटे पनि अझै सकारात्मक अवस्थामा कायम छ। समीक्षाको अन्त्यसम्म शोधनान्तर ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँको बचतमा रहेको छ, अघिल्लो वर्ष सोही अवधिमा यो ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँ थियो। अमेरिकी डलरमा हेर्दा शोधनान्तर २ अर्ब ५५ करोड रहेको छ, अघिल्लो वर्ष यो २ अर्ब ७५ करोड थियो।