अन्तर–बैंक कारोबार १५ खर्बमा सीमित, अघिल्लो वर्षको तुलनामा तीव्र गिरावट
वि.सं.२०८२ वैशाख २८ आइतवार १७:४८
shares

काठमाडौं, २८ वैशाख । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अवधिमा नेपालको अन्तर–बैंक कारोबार १५ खर्ब १२ अर्ब रुपैयाँमा सीमित भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरणअनुसार यो कारोबार अघिल्लो वर्षको तुलनामा झन्डै २० खर्ब रुपैयाँले घटेको छ।
समीक्षा अवधिमा वाणिज्य बैंकहरूले आपसमा १३ खर्ब ६३ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् भने अन्य वित्तीय संस्थाहरूको कारोबार १ खर्ब ४८ अर्ब ३१ करोड रुपैयाँ रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको कारोबार ३१ खर्ब ८६ अर्ब ४४ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूको ३ खर्ब २१ अर्ब ६० करोड रुपैयाँ रहेको थियो। कुल अन्तर–बैंक कारोबार ३५ खर्ब ८ अर्ब ४ करोड रुपैयाँ रहेको थियो।


















