Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.17K
shares

काठमाडौं, ११ जेठ । आइतवार शेयर बजार ९.१४ अंकले घटेको छ । शेयर बजार ९.१४ अंकले घटेर २,६७९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ६० करोडको कारोबार भएको हो ।

शेयर बजारमा सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ८.१६ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन सप्तकोशी विकास बैंकका लगानीकर्ताले ५.९२ प्रतिशतका दरले गुमाएका छन् भने दोर्दी खोला जलविद्युतका लगानीकर्ताले ४.१२ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी ग्रिन विकास बैंकका लगानीकताृले ३.६२ प्रतिशतका दरले गुमाएका छन् भने मनकामना इन्जिनियरिङ हाइड्रोपावरका लगानीकर्ताले ३.४० प्रतिशतका दरले गुमाएका छन् ।