Dhulikhel Eco Banner new

शेयर बजारमा १६१ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.74K
shares

काठमाडौं, १३ जेठ । मंगलवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार २.५३ अंकले घटेर २,६७७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ६ अर्ब ५२ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा गुरास लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ८.०१ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन उपकार लघुवित्तका लगानीकर्ताले ६.३७ प्रतिशतका दरले गुमाएका छन् भने जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.३१ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, रिभर फल्सका लगानीकर्ताले ३.१४ प्रतिशतका दरले गुमाएका छन् भने सिकलेस हाइड्रोपावरका लगानीकर्ताले ३.०२ प्रतिशतका दरले गुमाएका छन् ।