Dhulikhel Eco Banner new

दोहोरो अकंले बढ्यो शेयर बजार, यी ५ कम्पनीले कमाए सर्वाधिक

481
shares

काठमाडौं, २० असोज । मंगलबार शेयर बजार दोहोरो अकंले बढेको छ। शेयर बजार ११.९६ अंकले घटेर २५७८.७३ विन्दुमा बन्द भएको हो।

शेयर बजारमा १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ वटाको घटेको छ। यस्तै, १५ कम्पनी स्थिर छन्। यसदिन ३ अर्ब १३ करोड रूपैयाँ बढीको कारोबार भएको छ।

दोहोरो अकंले बढेको शेयर बजारमा त्रिशूली जल विद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.११ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि सालपा विकास बैंक लिमिटेडका लगानीकर्ताले ३.७७ प्रतिशतका दरले कमाएका छन् भने हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका लगानीकर्ताले ३.६५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि बुटवल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ३.५७ प्रतिशतका दरले कमाएका छन् भने लिबर्टी इनर्जी कम्पनी लिमिटेडका लगानीकर्ताले ३.५० प्रतिशतका दरले कमाएका छन् ।