Dhulikhel Eco Banner new

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, बोनस सेयर कति?

572
shares

काठमाडौं, २० असोज । सिक्लेस हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले १२.७०६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६६९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।