सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ जेठ १३ मंगलवार १५:१०
2.95K
shares
shares

काठमाडौं, १३ जेठ । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार २.५३ अंकले बढेर २,६७७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ६ अर्ब ५२ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा कर्पोरेट विकास बैंक, ओम मेगाश्री फार्मास्युटिकल्स, ग्रिन विकास बैंक र भुगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
त्यसैगरी, पियोर इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

















