Dhulikhel Eco Banner new

सामान्य अंकले बढ्यो शेयर बजार, १६१ कम्पनीको शेयर मूल्यमा गिरावट

2.86K
shares

काठमाडौं, १३ जेठ । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार २.५३ अंकले बढेर २,६७७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ६ अर्ब ५२ करोडको कारोबार भएको हो ।

शेयर बजारमा कर्पोरेट विकास बैंक, ओम मेगाश्री फार्मास्युटिकल्स, ग्रिन विकास बैंक र भुगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ४ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, गुरास लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ८.०१ प्रतिशतका दरले गुमाएका छन् ।