Dhulikhel Eco Banner new

चालु आर्थिक वर्षको १० महिनामा १५ अर्बभन्दा बढीको मकै आयात

3.07K
shares

काठमाडौं, १४ जेठ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा नेपालले १५ अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको मकै आयात गरेको छ। भन्सार विभागका अनुसार साउनदेखि वैशाख महिनासम्मको अवधिमा देशमा २ लाख ९९ हजार ९८९.९४ मेट्रिक टन मकै आयात गरिएको हो।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा १५ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ बराबरको मकै भित्रिएको छ।

आयात गरिएको मकैमध्ये २७३४.९३ मेट्रिक टन बीउ मकै हो । आयात मूल्य ९६ करोड १९ लाख ५२ हजार रुपैयाँ रहेको छ। बाँकी २ लाख ९७ हजार २५५.०१ मेट्रिक टन मकैको आयातमा १४ अर्ब ९७ करोड २९ लाख ४७ हजार रुपैयाँ खर्च गरिएको छ।

यस परिमाणको मकै आयातबाट सरकारलाई १ अर्ब ३७ करोड ६४ लाख ५२ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको छ।